राजनीति

भीम रावललाई भेटेर फर्किए माधव


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावललाई भेटेर टोखाबाट फर्किएका छन् । आज बसेको आफू पक्षीय स्थायी कमिटीमा बैठकमा सहभागी नभएपछि रावललाई भेट्न नेता नेपाल टोखा पुगेका थिए ।

टोखामा दुई घण्टाभन्दा लामो छलफलपछि नेता नेपाल फर्किएका हुन् । गत आइतवार प्रतिनिधिसभा सदस्यबाट राजीनामा घोषणा गरेका नेकपा एमाले उपाध्यक्ष रावल वरिष्ठ नेता नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा अनुपस्थित भएका थिए ।