राजनीति

बकर इदले एकता र सहकार्यलाई अझ मजबुत बनाउने प्रधानमन्त्री देउवाको भनाइ


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बकर इदले एकता र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास लिनुभएको छ ।
बकर इदको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गर्दै उहाँले सामाजिक, संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधताको स्मरण गर्नुभएको छ ।

देउवाले मुलुकमा चार्डपर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउन सहयोग गरोस् भन्ने कामना गर्नुभएको छ । स्वास्थ्य मापदण्ड ख्याल गरेर चार्ड मनाउन पनि उहाँले आह्वान गर्नुभएको छ । कोभिड–१९ को महामारीका कारण सामाजिक र सांस्कृतिक धरोहरका चार्डपर्वहरू सबैले सँगै बसेर हर्षोल्लासका साथ मनाउन कठिनाइ भइरहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । उहाँले संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने बकर इदले उन्नति, प्रगति र समृद्धिको दिशामा लाग्न प्रेरणा दिने बताउनुभएको छ ।