राजनीति

एमाले विवादमा राष्ट्रपति गुटको भूमिका, ओली छाडेर माधवतिर ढल्किदै


काठमाडौँ – एमालेका २२ सांसदले प्र्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएसंगै ओली पक्ष थप रुष्ट छ । यहीँ कारण माधव पक्षका २२ सांसदलाई एमालेले स्पष्टिकरण सोध्ने निर्णय गर्यो । तर माधव पक्ष ओलीको स्पष्टिकरण र कारबाहीमा डराएको छैन । बरु ओली भन्दा बलियो भएर उभिने तयारीमा छ ।

निवर्तमान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको बटमलाईन भनेको वरिष्ठ नेता माधवकुमार नेपालबाहेकको एमाले एकता गर्नु हो । यसकै लागि उनले माधवलाई चिढ्याउने र अरुलाई फकाउने काम गर्दै आएका छन् ।यसअघि पनि एमाले एकताका लागि बनेको कार्यदलमा समेत अध्यक्ष ओलीले माधव पक्षका सदस्यहरुलाई सकभर आफ्नो पक्षमा ल्याउन हरसम्भव प्रयास गरेका थिए ।

जसमध्येका भीम रावलले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वास दिनु अघि नै राजीनामा दिए । यसमा पनि ओलीले खेलेको लख काटिएको छ । तर ओलीतिर रावलमात्र ढल्कीएका बेला माधवतिर आठ सांसद् समर्पित भएपछि ओलीमाथि थप बज्रपात परेको छ । तत्कालिन ओली सरकारमा वनमन्त्री रहेका प्रेम आलेदेखि ओलीलाई बचाउन सांसद अपहरण गर्नसम्म अघि सरेका किशान श्रेष्ठहरु अहिले माधवको कित्तामा उभिएका छन् । यसले ओलीको धरातल खस्कीदै गएको र माधवहरु बलियो हुदै जाने संकेत गरेको कतिपय नेताहरु बताउँछन् ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार विश्वासको मत दिए । त्यसकै भोलिपल्ट केन्द्रीय कमिटी बैठकमार्फत ओलीले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरे । तर माधव पक्षले ओलीले स्पष्टीकरण सोधे जवाफ नदिने बतायो ।आफ्नै सांसदहरुले देउवालाई समर्थन दिएका कारण पदच्युत हुनु परेको निष्कर्षमा पुगेको ओली समूहले स्पष्टिकरण भन्दा पनि तत्काल कारबाहीमा जानुपर्ने अल्याउदै आएको छ ।

पार्टीभित्रको ओली गुट र माधव गुटको बबण्डरले थलिएको एमालेमा राष्ट्रपति विद्यादेवी भण्डारीकोसक्रियता र हस्तक्षेप पनि जब्बर छ ।भण्डारी संवैधानिक भूमिकामा रहेपनि बेलाबेला पार्टीका मामिलामा देखाउने अग्रसरताकै कारण कतिपयले तेस्रो गुटसक्रिय भइरहेको विश्लेषण समेत गर्छन ।अझ राष्ट्रपति भण्डारी समुहमा गनिदै आएका पृथ्वीसुब्बा गुरुङ निकटस्थ कृष्णकुमार श्रेष्ठ किशान माधव पक्षमा आएपछि एमालेभित्रको विवाद थप कचल्टिएको छ ।

ओलीको यशम्यान रहँदै आएकी राष्ट्रपति भण्डारीअब माधव पक्षसंग केही लचक हुने कतिपयको अनुमान छ । किनकि माधव पक्षसहित गठबन्धनले भण्डारीलाई महाअभियोग लगाउनेसम्मका चर्चा नभएका होइन । यता प्रदेश सरकारमा समेत गठबन्धनको ध्यान गइरहेको छ ।

केन्द्रमा ओलीलाई ढालेको गठबन्धनले प्रदेशमा समेत एमाले नेतृत्वको सरकारलाई अपदस्थ गर्ने तयारी चलाइरहेको छ । तर एमालेबाट बनेका मुख्यमन्त्री मध्ये प्रदेश एक, बागमति प्रदेश र लुम्बीनी प्रदेशका मुख्यमन्त्री राष्ट्रपति निकट नै छन् ।जसलाई बचाउन पनि राष्ट्रपति माधव पक्षसंग लचक हुनुपर्ने बाध्यतामा रहेको कतिपयको विश्लेषण छ । किनकि यसअघि पनि राष्ट्रपति निकटस्थ मानिएकापृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्री पदबाट हात धुनु परेको थियो ।यसकारण तीन गुटको चङगुलमा फसेको एमालेको भविष्य के हुन्छ थप अन्योलपूर्ण बन्दै गएको छ ।