Breaking

सुहाङ जित्दा ओलीको झनै ठूलो सफलता, रवि र गगनको केही चलेन, मिसन–८४ को शुभ संकेत


काठमाडौँ – पछिल्लो समय रणनीतिक असफलता भोगिरहेको एमालेले इलाम २ र बझाङ प्रदेशसभा १ बाट जबरजस्त उदयको सन्देश दिएको छ । पहिचानवादीदेखि नयाँसम्मको घेराबन्दी तोडेर देशकै बलियो शक्ति रहेको सन्देश दिएको उसले एक्लाएक्लै भिडे कसैले नसक्ने भाष्यलाई समेत बल पु¥याएको हो । यसले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको ओज बढ्दा फरक मत र विकल्प खोज्नेहरुलाई समेत उत्तर मिलेको छ ।

विगतमा घेराबन्दीकै कारण पहिलो दल बन्न नसकेको एमाले अध्यक्ष केपी शर्मा ओलीको सधैँको गुनासोलाई इलाम २ र बझाङ प्रदेशसभा १ ले बल पु¥याएको छ । बझाङमा दमनबहादुर भण्डारीको जित र इलाम २ मा सुहाङ नेम्वाङको जित निश्चित भएपछि एमालेले दुबै क्षेत्रमा क्लीन स्वीप नै गर्ने अवस्था बनेको हो । भलै यसका लागि कांग्रेसले इलाम २ मा माओवादीसँगको गठबन्धनको साथ एमालेले पाएको बहाना भने पाउने छ । यसले इलाम एमालेको लालकिल्ला भएको भाष्यलाई थप बलमात्र पुर्याएन, पूर्वमा एमाले कमजोर भएको दाबीमाथि धावा बोलेको छ ।

त्यस्तै पहिचानको मुद्दा जबरजस्त भएको र कोशी नामकरण केवल एमालेकै कारण मात्रै भएको जस्तो भाष्यलाईसमेत यसले खारेज गरेको छ । जसलाई गठबन्धनकै दल र नयाँ शक्तिसंगको भिडन्त तथा जबरजस्त पहिचानवादीहरुको घेरा तोडेको रुपमा एमालेले व्याख्या गर्ने बाटोसमेत पाएको छ । मुख्यकुरा त संसदीय दलमा महेश बर्तौला र सुनिता बराल जस्ता युवालाई अघि सारेर पुस्तान्तरण गरेको र त्यही अवस्था इलाम २ मा ल्याउन खोजेको ओलीको सन्देशलेसमेत सार्थक हुदाँ उनी पार्टीभित्र विकल्पविहीन र अझ बलियो बनेको हो ।

यसले एमालेलाई फुटेर गएको नेकपा एकीकृत समाजवादी किन फकाउनु पर्यो भन्ने उनको दाबीलाईसमेत बल पुर्याएको छ भने कसैसँग झुकेर वाम एकताको रटान लगाउनु आवश्यक नभएको घमण्डसमेत नबढ्ला भन्न सकिँदैन । यही अवस्था रहे तल युवा अघि सार्ने र नेतृत्व आफूले नछाड्ने उनको रणनीति सफल हुने देखिँदा अहिलेका धेरै बुढा नेता आगामी राष्ट्रिय सभाको तयारीमा बस्दा हुने राजनीतिक विश्लेषण नै सुरु भएको छ ।

हुन त सुहाङको जनजाति अनुहार र यो विषयमा धेरै नबोल्ने रणनीतिले पनि धेरै सहयोग गरेको देखिन्छ । त्यस्तै बुबा सुवास नेम्वाङको विरासतको साथमा शिवमाया तुम्वाहाम्फे जस्ता चुनावी कमाण्डरले हल्ला गर्नेभन्दा घरमै जान लिएको रणनीतिले पनि धेरै फाइदा ग¥यो । फुटबलमा सुहाङको योगदानले युवाको भोट तानिएको विश्लेषण गरिँदा आफूले अंकगणित नबुझी कसैलाई नउठाउने ओलीको ईगोलाई यसले बल पु¥याएको छ । जुन एक प्रकारले उनको चुनौती लिने बानीकै उपजका रुपमा हेरिँदा एमालेभित्र सहानुभूतिको राजनीति सफल हुने यो अर्को उदाहरण बनेको हो । त्यस्तै यसले एमालेको जबरजस्त संगठनको समेत उदाहरण प्रस्तुत गर्दा इज्जतको विषयमा उनीहरुको एकजुट हुने बानीको समेत प्रतिविम्बित भएको छ । बझाङमा अघिल्लो चुनावमा कांग्रेसलाई साथ दिएका नेकपा माओवादी तेस्रो र नेकपा एकीकृत समाजवादी चौथो स्थानमा रहे । सत्ताधारी दलहरू नै अलग अलग लड्दा पनि त्यसको लाभ नेपाली कांग्रेसले उठाउन सकेन । यसले एमाले अझ हौसिदा इलाममा आफू निर्णायक रहेको माओवादीले निष्कर्ष निकालेको छ । तर आफ्नै पार्टी सुदृढिकरण गरेर लैजाने बाटोमा रहेका ओलीको यो बुझाइलाई प्रयोग गर्ने तर एकता नै गर्न नहुने रणनीति पनि सफल भएको छ ।

अहिले देखिएको परिणाम धेरै अर्थमा महत्वपूर्ण भएकै कारण दल र उम्मेद्वारहरु दिलोज्यान दिएर लागि परेका थिए । तर पहिचानवादी नै भएपनि माओवादी छोडेर गाली गरेकै रास्वपालाई मिलन लिम्बूले रोजेपछि यो आक्रमणबाट सुहाङ बचे । त्यसलाई संगठनको भोटले होस्टेमा हैसे गर्दा यसैलाई सबैथोक मानिहाल्न भने सकिदँैन । तर भर्खरै सत्तामा फर्किएर ठूलो सास फेरेका ओलीलाई यो सफलताले धेरै प्रकारका घेराबन्दी र भाष्य तोडेको महसुस गराएको छ । जुन आत्मविश्वास सहि ठाँउमा प्रयोग गरे राम्रै हुने भएपनि इगोको राजनीति गर्ने ओलीलाई घातक नै नहोला भन्न भने सकिँदैन ।