कोरोना विशेष

कोरोना बढ्दो क्रममा, ३ हजार १०८ संक्रमित थपिए, २५ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ८३६ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २०२ र ४ हजार २९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०६ जना गरी ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ५९५ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २५ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार ६०७ पुगेको छ ।