विदेश

अफगानिस्तानको राष्ट्रपति कार्यालयमा रकेट आक्रमण (भिडियो)


काठमाडौँ – अफगानिस्तानको राष्ट्रपति कार्यालयलाई लक्षित गरी मंगलबार रकेट आक्रमण भएको छ ।

राष्ट्रपति असरफ घानीसहित उच्च पदस्थ व्यक्तिहरू इदको प्रार्थनामा सहभागी भइरहेका बेला तीन वटा रकेटले राष्ट्रपति कार्यालय परिसरनजिकै आक्रमण गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति कार्यालयनजिकै बिस्फोट भएका विवरणहरू पनि आएका छन् तर अहिलेसम्म हताहतीबारे खुलेको छैन । पछिल्लो समय अमेरिकी र नाटो सैनिकहरूले अफगानिस्तान छाडेपछि विद्रोही समूह तालिबानले आफ्नो प्रभाव बढाउँदै लगेका छन्।

अफगानिस्तानमा रहेका अमेरिकी सेना स्वदेश फर्किएपछि त्यहाँ तालिवानी लडाकूको दबदबा बढेको छ । देशको धेरै भाग तालिवानको नियन्त्रणमा गइसकेको जनाइएको छ ।