समाचार

मंगलवार नेपाली बजारमा सुनको मूल्य बढ्यो



काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो सोमवार प्रतितोला ९२ हजार ३ सय रुपैँयामा कारोबार भएको सुन आज प्रतितोला ५००ले बढेर ९३ हजार २ सय रुपैँया कायम भएको छ ।

यस्तै आज तेजावी सुन ९२ हजार ७ सय रुपैँयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदीमा प्रतितोला १० रुपैँयाले घटेर १२ सय ८० रुपैँयामा कारोबार हुने महासङ्घले जनाएको छ ।