राजनीति

एमाले विवादमा नयाँ मोड,ओलीका लागि ज्यान दिन तयारले नै देउवालाई दिए मत, के होला एमालेको भविष्य ? (भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएसंगै त्यसको प्रभाव एमालेमा देखिएको छ । विश्वासको मतकै विषयलाई लिएर नेपाल गुटमा समेत फुट देखिएको छ भने एमाले भित्रको समीकरणमै परिवर्तन देखिएको छ । एमाले एकतामा यस्को प्रभाव कस्तो रहँला त ?
नेकपा एमालेको असन्तुष्ट पक्ष माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएसंगै एमालेभित्र नयाँ तरङ देखिएको छ । नेपाल पक्षले विश्वासको मत दिए पार्टी एक नरहने चर्चा परिचर्चाका बीच ओली पक्षकै नेताले समेत देउवालाई विश्वासको मत दिएपछि एमालेको भित्र नयाँ समीकरण सुरु भएको हो ।

यसअघि विवाद समाधानका लागि गठित कार्यदलको १० बुँदे सहमतिलाई आधार बनाएर दुबै नेताहरूबीच कुराकानी गर्ने बताइए पनि त्यसबाट नेपाल पछि हटेको ओली पक्षका नेताहरुले आरोप लगाँउदै आएका थिए । उनका कदमले नेपाल बेग्लै कोर्षमा हिँड्न चाहेको प्रष्ट भएको र उनकै कारण पार्टी फुट्नसक्ने समेत बताएका थिए । तर ओली पक्षकै ८ जनाले देउवालाई विश्वासको मत दिएपछि एमालेको भविष्यका विषयमा भएका आकंलनहरुमा नयाँ ट्वीस्ट देखिएको छ । विश्वासको मत दिनेहरुमा ओलीकै कारण मन्त्री बनेकाहरु देखि ओलीलाई बहुमत पुर्याउन सांसद अपहरणमा संलग्न भएकाहरु समेत रहेका छन् ।

ओलीको कट्टर समर्थनका रुपमा चिनिएका तथा जसपाका सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डमा मुछिएका किसान श्रेष्ठले देउवालाई विश्वासको मत दिएका हुन् । उनले महेश बस्नेत समेत नेपाल पक्षमा आउनुको विकल्प नभएको समेत बताएका छन् । त्यस्तै नेपाल पक्षका भीम रावलले त सांसद पदबाँटै राजीनामा दिएका छन् । जसले अब एमाले कसरी अघि बढ्छ ? भन्नेबारे यसअघि भएका एकता र फुटको पूर्वनुमानमा नयाँ मोड आएको छ ।

देउवाले विश्वासको मत लिने निर्णय गरेसंगै यसले एमालेमा फुट ल्याउने चर्चा पहिलेबाटै सुरु भएको थियो । नेपाल पक्षीय नेताहरुले समेत यो निर्णय एमाले फुटाउने षडयन्त्र भएको बताएका थिए । अधिंकाशको अनुमान थियो नेपाल पक्षले देउवालाई मत दिने छ अनि पार्टी वारपारको अवस्थामा पुग्ने छ । फलत ओली पक्षका नेताहरुले विश्वासको मत दिनेहरुलाई एमालेको ढोका सधैका लागि बन्द हुने
बताएका थिए । तर पार्टी एकताका लागि भन्दै माधव पक्षकै १० जनाले विश्वासको मत दिएनन् भने ओलीले विश्वास गरेकैहरुले धोका दिए । सोमबार बसेको केन्द्रिय कमिटीको बैठकले फ्लोर क्रस गर्ने २२ जनालाई नै २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । यसबाट एमाले भित्रको किचलो गुटगतबाट विश्वासको मत दिने र नदिनेबीचमा रुपान्तरण भएको छ ।

यो बीचमा कार्यदलले गरेको सहमतिको निर्णयमा नेपालले देखाएको अविश्वासले पनि गुटमै खटपट भएको आशंका सुरु भएको थियो । अर्कातर्फ ओलीले नेपाललाई ल्याउनुभन्दा उनीबाहेक नेतालाई प्राथमिकता दिने खालका गतिविधि बारम्बार गर्र्दै आएका थिए । तर ओलीले नेपाल गुटका केहि नेतालाई आफ्नो वसमा पारेपनि उनी क्याम्पकाले समेत नेपाललाई साथ दिएपछि एमालेमा फरक खालको परिस्थिती निर्माण भएको छ । जुन परिस्थितीलाई दुबै पक्षबाट भएको गल्तीको रुपमा स्वीकारे एकताका लागि दवाव सिर्जना पनि गर्न सक्छ । तर बदलिदो समीकरणसँगै ओली नेपाल कसरी अघि बढ्छन त्यो भने हेर्न बाँकी छ ।