समाचार

साउन ९ देखि काठमाडौं–नयाँ दिल्ली सातामा ६ उडान भर्ने



काठमाडौँ –साउन २ मा बसेको मन्त्रिपरिषदको बैठकले उडान थप गर्ने निर्णय गरेको कानूनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ । 


अहिले काठमाडौं–दिल्ली सातामा दुई उडान भइरहेको छ।साउन ९ देखि नेपाल एअरलाइन्सले सातामा तीन उडान गर्नेछ भने भारतको एअर इन्डियाले पनि सातामा तीन उडान भर्नेछ। 

नेपाल एअरलाइन्सले शनिबार, सोमबार र बुधबार उडान भर्ने जनाइएको छ।