राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै, संसद अधिवेशन अन्त्य गर्ने तयारी


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । देउवाले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

आजको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्ने तयारी छ । साथै बैठकमा नियमित एजेण्डामाथि पनि छलफल हुने बताइएको छ ।