राजनीति

प्रधानमन्त्री देउवा र मोदीबीच टेलिफोन वार्ता, भारतले छिट्टै कोरोना खोप उपलब्ध गराउने


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई तत्कालै कोरोना खोप उपलब्ध गराउने विश्वास दिलाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी गराउनुभयो । हिजोमात्रै मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।