राजनीति

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्रको अनुगमन


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार खोप केन्द्रको अनुगमन गरेका छन् । आज बिहान देउवाले बिहान १० बजे जोरपाटीस्थित अपाङ्ग अस्पतालको खोप केन्द्रमा पुगेर अनुगमन सुरु गरेका हुन् ।

अमेरिकी खोप जोनसन लगाउनका लागि स्थापना गरिएको खोप केन्द्रहरु अपाङ्ग अस्पताल जोरपाटी, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, ललितपुरको पाटन अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको गरेको छ ।

उक्त खोप ५० देखि ५४ वर्षका उमेर समूहलाई लगाउने जनाएको छ । त्यसै गरी पूर्ण र अति अशक्त अपांगता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले समेत यो खोप लगाउन पाउने छन् । काठमाडौँका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकी सरकारको अनुदान सहयोगमा जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपालले प्राप्त गरेको हो ।

प्रधानमन्त्रीले हिजो आइतबार नै स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी तथा जिल्ला स्वास्थ्य प्रमुखहरुसँग भेटेर खोप कार्यक्रमका लागि केन्द्र र जनशक्ति थप गरी व्यवस्थित गर्न निर्देशन दिएका थिए ।