राजनीति

मिन विश्वकर्मा कांग्रेसका प्रमुख सचेतक बन्दै


काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी मिन विश्वकर्माले पाउने भएका छन् । अहिले प्रमुख सचेतक रहेका बालकृष्ण खाँड गृह मन्त्री बनेको तथा सचेतक पुष्पा भुषाल पनि मन्त्री बन्ने तयारीमा रहेकाले देउवाका विश्वास पात्र विश्वकर्मालाई प्रमुख सचेतकको जिम्मेवारी लागेको हो ।

विश्वासको मत पाएसँगै सरकार डेढ वर्ष चल्ने भएपछि संसद्मा सत्ता पक्षको उपस्थितिलाई व्यवस्थित गराउनका लागि भन्दै देउवाले विश्वकर्मालाई प्रमुख सचेतक बनाउन लागेको बुझिएको छ ।