राजनीति

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, पार्टी नयाँ बाटो तर्फ जान सक्ने


काठमाडौँ – च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा आज नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने तय भएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । प्रधानमन्त्रीबाट हटाईएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगातार पार्टी संरचनाको बैठक राखिरहनुभएको छ ।

हिजो आईतबार भएको एमाले स्थायी कमिटिको बैठकले देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले रहन नसक्ने निर्णय गर्दा गर्दै पनि पार्टीको निर्णय वा ह्वीप उल्लंघन गर्दै शेर बहादुर देउवाको पक्षमा २२ सांसदले विश्वाशको मत दिएको थियो । आजको केन्द्रीय बैठकमा यस विषयलाई पनि समावेश गर्न सक्ने सम्भावना देखिएको छ ।

यसै बैठकले नेकपा एमालेमा विगत तीन महिनादेखि जारी एकताको प्रयासलाई अब कुन बाटोतिर डोहोर्याउछ भन्ने तय गर्छ । त्यसैले यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।