राजनीति

ओलीसँग पार्टी एकता प्रस्ताव लगेर गम्भीर गल्ती गरेछु : प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता प्रस्ताव लगेर आफूले गम्भीर गल्ती गरेको बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा आइतवार संसदमा बोल्दै प्रचण्डले यस्तो बताउनु भएको हो ।

‘विगतका थुप्रै विघटनका तीता मीठा यसअघिका वक्ता ९प्रदीप ज्ञवाली० ले अनुभव सुनाउनु भयो। तर यस्तो अनुभव त हामीसँग थिएनु, उनले भने, ‘दुई तिहाइको प्रधानमन्त्रीले पटक पटक संसद विघटन गरेर देशलाई दुर्घटनामा लैजाने काम त पहिलो पटक भएको हो ।’