राजनीति

विश्वासको मत माग्दै देउवाले भने, कोरोना नियन्त्रणमा लिन म सक्षम छु (भिडियोसहित)


काठमाडौँ – विश्वासको मत माग्दै प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु एक अर्काका शत्रु नभएको बताउनुभएको छ । उहाँले सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा लिन आफु सक्षम भएको बताउनुभएको छ ।

“केपी शर्मा ओलीले साढे ३ वर्ष सरकारको नेतृत्व गर्नुभयो, असल कामका लागि धन्यवाद,” उहाँले भन्नुभयो, “ ओलीको अनुभव पनि उपयोगी हुनेछ । कमी कमजोरी सुधार गर्दै जानुपर्नेछ । सबै राजनीतिक दलबीच सहकार्य आवश्यक छ भन्ने मेरो मान्यता छ । हामी राजनीतिक दल एक अर्काका शत्रु होइनौँ, सहयात्री हौँ भन्ने भावनाका साथ काम गर्नुपर्छ । सबै सदस्यले विश्वासको मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।”