कोरोना विशेष

थप १ हजार ८०१ जनामा संक्रमण पुष्टि, २३ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ६२८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ६६७ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २३ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार ५५० पुगेको छ ।