राजनीति

प्रतिनिधि सभाको बैठकमा ओली देखिएनन्


काठमाडौँ – पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम छ । फुटको संघारमा देखिएको एमालेका केही सांसदहरु उनलाई विश्वासको मत दिने तयारीमा छन् ।