राजनीति

सुरेन्द्र पाण्डेले रोक्दारोक्दै रावलले दिए राजीनामा


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । अछामबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने बताएका हुन । पार्टीका नेता तथा सांसद सुरेन्द्र पाण्डले रोक्दारोक्दै रावलले राजीनामा दिएका हुन् ।
पुनर्स्थापित प्रतिनिधि सभाको बैठक सुरु हुन केही बेरअघि उनले संसद भवन बानेश्वरमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्।

संसदको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम छ ।

‘सम्माननीय सभामुखज्यू, (त्यही बेला उनको पछाडि नेता पाण्डे पुगेर रोक्दारोक्दै रावलले मानेनन्, हात हटाउँदै भने, ‘नगर्नु है मलाई, प्लिज, प्लिज, प्लिज ! मलाई पत्रकारसँग कुरा राख्न दिनुस्! ’ अनि रावलले आफ्नो राजीनामा पत्र पढेर सुनाए । उनको पछि केहीबेर बसेर पाण्डे संसद बैठक भित्र गए ।