राजनीति

एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने


काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन नगर्ने निर्णय गरेको छ । देउवाले विश्वासको मत लिने निर्णय गरेपछि बसेको आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताउनुभयो । यता नेकपा माओवादी केन्द्रले भने देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् ।