राजनीति

ओली पक्षीय नेता नेपाललाई भेट्न कोटेश्वर जाँदै


काठमाडौँ – नेकपा एमाले कार्यदल वार्ता टोलीका सदस्य नेताहरु सुवास नेम्वाङ, भीम रावल, बिष्णु पौडेल लगायतका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर जाँदैछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएपछि उनीहरु वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर जान लागेका हुन्।

शुक्रबार बसेको एमालेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको कारणले गर्दा पार्टीको निर्णयको आधारमा अघि बढ्न विघटित कार्यदलले नेपाललाई सुझाव जान लागेको बुझिएको छ । यता माधव नेपालले भने देउवालाई विश्वासको मत दिने बताइसकेका छन् ।