राजनीति

जसपाका यादव पक्ष सात मन्त्रालय र एक राज्यमन्त्री लिने मनस्थितिमा


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने भएको छ । उसले सत्ता साझेदार दलहरुबिच समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने समेत बताएको छ ।

हिजो बसेको संसदीय दलको बैठकमा सरकारमा पार्टीको सहभागिता र सम्भावित मन्त्रालयबारे छलफल भएको छ । बैठकमा नेताहरुले सरकारमा जति दल सहभागी हुन्छन्, उनीहरुलाई समान हैसियतमा मन्त्रालय बाँडफाँट हुनुपर्ने धारणा राखेका छन् । यसको अर्थ उपेन्द्र यादव समूहले कम्तिमा ७ मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने अडान लिने बुझिएको छ ।

साथै संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने समेत उपेन्द्र समूहको अडान छ ।