राजनीति

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिनको काम रोकियो


काठमाडौँ – क्रियाशील सदस्यता छानबिनको विषयलाई लिएर केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि हातपात भएपछि कांग्रेसको क्रियाशील सदस्यता छानबिनको काम रोकिएको छ ।
घिमिरेमाथि सिन्धुपाल्चोकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलगायतले गालीगलौज र दुव्र्यवहार गरेका थिए । छानबिन समितिले आक्रमणमा सम्लग्नलाई कारबाही नगरेसम्म सबै काम रोकेको हो । क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा पुगेको समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिनुभएको छ । अबको केही दिनमै सबै काम सकिने उहाँले दाबी गर्नुभयो ।

यसै विषयलाई लिएर प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवाले सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र त्यसमा संलग्न अन्य कार्यकर्ताहरूलाई कारवाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिनुभएको छ। देउवाको सभापतित्वमा बसेको पार्टीको पदाधिकारी बैठकले कारवाहीका लागि निर्देशन दिएको हो ।