राजनीति

सिन्धुपाल्चोकका क्षेत्रीय सभापतिमाथि कारवाही गर्न कांग्रेसको निर्देशन


काठमाडौँ – नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवम् कृयाशील सदस्यता छानबिन समिति सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमणमा संलग्नहरुलाई कारबाही थाल्न निर्देशन दिएको छ ।

भदौमा हुने भनिएको १४ औँ महाधिवेशन तयारीका लागि शुक्रबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घिमिरेमाथि कुटपिटमा संलग्नलाईघ तीन दिनभित्र कारबाहीको टुंगो लगाउन निर्देशन दिएको हो ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा वरिष्ठ रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला एवं पार्टी पदाधिकारीको सहभागितामा भएको छलफलले घिमिरेलाई कुटपिट गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतसहितमाथि कारबाही थाल्न अनुशासन समितिलाई शनिबार निर्देशन दिएको हो ।