कोरोना विशेष

चीनले नेपाललाई थप १६ लाख डोज खोप दिने


काठमाडौँ – चीनले नेपाललाई कोभिड – १९ विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनगणतन्त्र चीनले नेपाललाई कोभिड १९को थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने बारेमा जानकारी गराउनुभएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो । नेपाल सरकारले पनि चीनबाट ४० लाख डोज खोप खरिद गरेको छ ।