राजनीति

अड्किएका अध्यादेशहरु प्राथमिकताका साथ पास गर्नुपर्छ : राधेश्याम अधिकारी


काठमाडौँ – राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले संसद्को आगामी अधिवेशनले अत्यावश्यक विधेयकहरुलाई प्राथमिकताका साथ पास गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभा सदस्य अधिकारीले संसद्मा विभिन्न अध्यादेशहरु पास गर्नुपर्ने ठाउँमा अड्किएर बसेको भन्दै संसद्को प्राथमिकता ती अध्यादेशहरुलाई पास गर्ने रहेको बताउनुभएको हो । उहाँले ३० दिनभित्र सरकारले विश्वासको मत लिने विषय पनि प्राथमिकतामै रहेको बताउनुएको छ ।

सरकारले संसद् अधिवेशन आव्हान गरेसँगै संसद्मा विचाराधिन अवस्थामा रहेका ३७ वटा विधेयकले पुर्नजिवन पाउने भएका छन् । सरकारले दुई÷दुई पटक प्रतिनिधि सभा विघटन गरेसँगै प्रतिनिधि सभाको विभिन्न समितिमा विचाराधिन महत्वपूर्ण विधेयकहरु निष्क्रिय भएका थिए । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभामा ३७ वटा विधेयक र राष्ट्रिय सभामा १९ वटा विधेयक विचाराधिन अवस्थामा रहेको छ ।

प्रवक्ता पाण्डेले प्रतिनिधि सभाको बैठक अथवा दुवै सदनको बैठकका लागि सचिवालयले तयारी पुरा गरेको पनि जानकारी दिनुभयो ।