खेलकुद

ओलम्पिकमा पदक विजेता आफैले पदक लगाउनुपर्ने


काठमाडौँ – टोकियो ओलम्पिकमा पदक विजेता खेलाडी आफैले पदक लगाउनुपर्ने भएको छ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले पदक विजेता खेलाडी स्वयमले मेडल आफुले लगाउनुपर्ने जनाएको हो । ओलम्पिकमा कोरोना भाईरसबाट बच्न उच्च सतर्कता अपनाईएको छ । जापान सरकारले ओलम्पिकको समय टोकियोमा आपतकालको घोषणा गरेको छ ।