राजनीति

प्रधानमन्त्री देउवालाई ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण’ अभियानको ४८ घण्टे अल्टिमेटम


काठमाडौँ – ‘वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण’ अभियान अन्तर्गत आन्दोलनरत प्रतिष्ठानका चिकित्सक विद्यार्थीलगायत कर्मचारीले आफ्‍ना मागहरू ४८ घण्टाभित्र पुरा नभए आकस्मिक सेवा बन्द गर्ने चेतावनी दिएका छन् । संयुक्त संघर्ष समितिले बुधबार नवनियुक्‍त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिँदै ४८ घण्टाभित्र माग पुरा नभए साउन १ गते शुक्रबारदेखि हरेक दिन २ घण्टा प्रतिष्ठानको आकस्मिक सेवा, कोभिड उपचार जस्ता सेवा रोक्ने चेतावनी दिएको हो ।

आन्दोलनरत प्रदर्शनकारीहरूले प्रतिष्ठानका पदाधिकारीले तत्काल राजीनामा दिनुपर्ने, प्रधानमन्त्री तहबाटै वार्ता गठन कमिटी गठन गर्नुपर्ने माग राख्दै नवनियुक्त प्रधानमन्त्री देउवालाई कुलपतिको हैसियतले हस्तक्षेपकारी भुमिका खेल्न समेत आग्रह गरेका छन् ।