कोरोना विशेष

थप २ हजार ३९८ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार ५८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६३९ र ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ हजार ७८ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १२ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार ४१२ पुगेको छ ।