मौसम

अमेरिकाको क्यालिफोर्निया र नेभाडामा तापक्रम उच्च


काठमाडौँ – अमेरिकाका क्यालिफोर्निया र नेभाडामा तापक्रम उच्च विन्दुमा पुगेको छ । मौसम विभागका अनुसार क्यालिफोर्नियाको डेथ भ्यालीमा तापक्रम ५४ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ ।

उच्च गर्मीसँगै अमेरिकाका विभिन्न क्षेत्रमा डढेलो पनि लागेको छ । क्यालिफोर्नियासँग सीमा जोडिएको नेभाडामा पनि तापक्रम उच्च बन्दै गएको छ । ढडेलोको समस्या पनि उच्च बनेको छ ।