विदेश

१४ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध


काठमाडौँ – अमेरिकाले थप १४ चिनियाँ कम्पनीलाई प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको छ । सिनच्याङ उइगुर क्षेत्रमा मानवअधिकार उल्लङ्घनमा उनीहरूको संलग्नता रहेको भन्दै ती कम्पनीहरूलाई प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको उल्लेख गरिएको छ ।


धेरै चिनियाँ कम्पनीहरूले उच्च–प्रबिधि निगरानी प्रणाली प्रस्ताव गरेका कम्पनी पनि अमेरिकाको यो सूचीको हिस्सा भएका छन् । एनएचके वल्र्डले रिपोर्ट गरे अनुसार प्रतिबन्धित यी कम्पनीहरूले चिनियाँ कम्युनिष्ट पार्टी(सीसीपी)को उइगुर र यस क्षेत्रका अन्य जातीय अल्पसंख्यक समुदायबिरूद्ध सामूहिक हिरासत र उच्च प्रविधिको निगरानीको अभियानलाई सक्षम पारेको आरोप अमेरिकाको छ । चीनले भने युगुर मुसलमानहरूलाई असमान व्यवहार नगरेको दावी गर्दै आएको छ ।