समाचार

पछिल्लो २४ घण्टामा २ हजार १६९ जनामा संक्रमण पुष्टि



काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ३५३ र एन्टिजेन विधिबाट ८१६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, थप १ हजार ४३२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार ३६२ पुगेको छ ।

नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित २६ हजार ४८९ रहेका छन् ।