समाचार

थप २२३९ जनामा कोरोना पुष्टि, १३१६ जना संक्रमण मुक्त


काठमाडौँ – पछिल्लो २४ घण्टामा २,२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ११ हजार ३१३ नमूना परीक्षणमा गरिएको थियो ।

यस्तै पछिल्लो २४ घन्टामा १३ सय १६ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख १६ हजार ९२९ पुगेको छ। निको हुने दर ९४.५ प्रतिशत हो। मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ। बिहीबार कोरोनाबाट २९ जनाले ज्यान गुमाएका थिए। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ।