राजनीति

निर्वाचन आयोगद्वारा जसपा विवाद मिलाउन इजलास गठन

३ साउनमा दुबै पक्षलाई बोलाउने निर्णय


काठमाडौँ – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद मिलाउन इजलास गठन गरेको छ । आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । साथै सुनुवाका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय भएको छ ।

कानुन व्यवसायी राख्ने भए साथै ल्याउन भनिएको छ । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो ।