राजनीति

बादल समूहद्वारा माओवादी केन्द्र खारेजको माग


काठमाडौँ – नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल समूहका नेताहरुले आज आयोगमा निवेदन दिएका हुन् ।


माओवादीले २०६९ यता महाधिवेशन नगरेको र १३ साउन २०७३ मा पार्टी एकताका नाममा आयोगलाई झुक्याएको भन्दै उनीहरुले माओवादी केन्द्रको एकता खारेज गर्न माग गरेका छन् । निवेदन दिन अधिवक्ता सरोज बुढाथाकीसँगै एमाले नेताद्वय लीलबहादुर थापा र रामचन्द्र मण्डल आयोग पुगेका थिए । उनीहरु सर्वोच्च अदालतले २३ फागुनमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका थिए ।