राजनीति

प्रधानमन्त्री ओली पुगे राष्ट्रपति भेट्न शीतल निवास



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको छ ।

शीतल निवास स्रोतका अनुसार ओलीले मंगलबार बिहान १० बजेदेखि करिब २ घण्टा भण्डारीसँग छलफल गर्नुभएको थियो ।

संसद विघटनविरुद्धको मुद्दामा फैसला आउने मिति नजिकिएका बेला ओली र भण्डारीबीच लामो छलफल भएको हो।