राजनीति

एमाले कार्यदलको बैठक सकियो, भोलिसम्म पार्टी एकतामा देखिएका अवरोधहरु हट्ने



काठमाडौँ – नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवाली भोलिसम्म पार्टी एकतामा देखिएका अवरोधहरु हट्ने दाबी गर्नुभएको छ ।

सिंहदरबामा ज्ञवाली सहित बसेको विवाद समाधान कार्यादलको बैठक सकिएपछि प्रतिक्रिया दिनेक्रममा उहाँले त्यस्तो दाबी गर्नुभएको हो ।
उहाँले पछिल्ला तीन दिनका कार्यदल बैठकहरु सकारात्मकउन्मुख रहेको र भोलिसम्म एकता टुंगिने दाबी गर्नुभएको हो ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका ५र५ जना कार्यदलका सदस्यहरु सामेल थिए। बैठक मंगलबार र सोमबार पनि बसेको थियो।

पछिल्लो पटक ओलीले नेपाल पक्षको माग अनुसार आफूले १० औँ महाधिवेशन आयोजक कमिटी भंग गरी केन्द्रीय कमिटी ब्यूँताउँदा पनि एकताका लागि नेपाल पक्ष नआएको आरोप लगाएका छन्।