राजनीति

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपी ओबाँटफाँट



काठमाडौँ – जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँटफाँट भएको छ । करिब २१ लाखले आवेदन दिएर प्राथमिक बजारमा रेकर्ड राख्न सफल यस संस्थाको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले हात पारेका छन् ।

१०–१० गोला प्रथाबाट उभ्रिएको ५ कित्ता भाग्यमानी ५ जनाले हात पारेका छन् । अर्थात उनीहरुलाई ११ कित्ताका दरले आईपीओ परेको छ । यस संस्थाले असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर बिक्री गरेको थियो ।

निष्काशन गरिएको कुल सेयरमध्ये ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको हुँदा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।