कोरोना विशेष

२४ घण्टामा भारतमा ४३ हजार ७३३ जनामा संक्रमण पुष्टि



काठमाडौँ – पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार ७३३ जनामा संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा कोरोना संक्रमण घट्दै गइरहेको बेला फेरि बुधवार दैनिक संक्रमितको संख्या बढेको छ ।भारतमा कोरोनाले थप ९३० जनाको मृत्यु भएको जनाइएको छ ।

एकातिर भारतमा संक्रमण बढेको देखिएको छ भने अर्कोतिर लकडाउन खुकुलो हुँदै गएको छ । बिहारमा ११ र १२ कक्षाका विद्यालय खोल्ने अनुमति दिइएको छ ।

अन्य प्रदेशमा शपिङ मल, पसल, बजार, जिमखाना खोल्न अनुमति दिइएको छ ।