समाचार

बलिउडका दिग्गज कलाकार दिलिप कुमारको ९८ वर्षको निधन


काठमाडौँ –बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको निधन भएको छ ।

९८ वर्षको उमेरमा उनको आज बिहान निधन भएको हो । दिलिप कुमारको बिहान साढे ७ बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । भारतीय सञ्चारमाध्यका अनुसार केही समयदेखि श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित अभिनेता दिलीप कुमारको उपचारका क्रममा निधन भएको हो ।

दिलिप कुमारको निधनले बलिउडमा ठूलो क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।