समाचार

१५० किलो गाँजासहित २ जना पक्राउ


काठमाडौँ – सुनसरी बराहक्षेत्र नगरपालिका–८ चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी–७ का २५ वर्षीय अमिर लिम्बू रहेका छन् ।

मंगलबार बिहान १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चतराबाट आइरहेको को२च ११२ नम्बरको मारुती भ्यान र को२प ३५०२ नम्बरको मोटरसइकललाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा भ्यानबाट लागुऔषध गाँजा १५० केजी, र सिटमा राखिएको अवस्था १ थान नक्कली पेस्तोल फेला परेको थियो ।

प्रहरीलाई देख्न साथ तत्काल फरार रहेका २ जनाको खोजी कार्य भइरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।