राजनीति

अन्ततः फुट्ने भयो जसपा

निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष फुटेर आ–आफ्नो बाटो लाग्न सहमत


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका छन् । मंगलबार आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो ।

तर, दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ । अब निर्वाचन आयोगले आधिकारिकताका लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गर्ने भएको छ ।