समाचार

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा बन्द



काठमाडौँ – लगातारको वर्षाका कारण पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा बन्द भएको छ ।

भरतपुर महानगरपालिका–२९, सेतीदोभानमा सोमबार राति करिब ९ बजे ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सोमबार राति ९ बजेसम्म सडक एकतर्फी सञ्चालनमा थियो । तर पहिरो गएपछि पूर्ण अवरुद्ध भएको हो ।

बिहानबाट पहिरो पन्छाउने कार्य भइरहेको र अझै पाँच घण्टाजति लाग्ने ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । ।