राजनीति

सदनमै कालो झण्डा देखाउन पाइन्छ ? (भिडियोसहित)


काठमाडौँ – प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको भूमिका प्रभावकारी बनाइनुपर्नेमा राष्ट्रिय सभा सदस्यहरुले जोड दिएका छन् । साथै बैठकमा राष्ट्रपति, प्रधानमन्त्री र सरकारको काम कर्तव्यबारे पनि सांसद्हरुले चर्को आलोचना गरेका छन् । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले त ‘कालो क्याप’ लाई हल्लाएर कालो झण्डाको प्रतिकको रुपमा विरोध जनाए ।

राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्ने अधिकांश सांसद्हरुले संसद् विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदमको चर्को आलोचना गरेका छन् । साथै प्रतिगमनको छिटा राष्ट्रियसभामा पनि देखिएको भन्दै विपक्षी सासदहरुले अध्यक्षको भूमिकामाथि नै प्रश्न उठाएका छन् ।

सोमबार राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरुले अध्यक्षको भूमिका निष्पक्ष नभएको आरोप लगाउँदै असन्तुष्टि समेत जनाए । साथै सांसदहरुले प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभालाई संविधान रक्षा गर्ने थलो बनाउनुपर्ने जिकिर समेत गरे ।

बैठकमा ‘कालो क्याप’ लगाएर सांसदले प्रतिनिधि सभा विघटनको विरोध समेत जनाएका छन् । त्यासो त सदनभित्र सांसदहरूले क्याप लगाउनुलाई मर्यादित मानिँदैन । अहिले सडक आन्दोलन गर्ने अवस्था नरहेको भन्दै सांसद् रमेशजंग रायमाझीले कालो झण्डाको रूपमा क्याप हल्लाएरै विरोध जनाए ।

राष्ट्रिय सभा सदस्य ठगेन्द्र प्रकाश पुरीले विधायन व्यवस्थापन समितिमा भएका सम्पूर्ण विधेयकको काम सकेर प्रभावकारी काम गरेको सन्देश अरु समितिहरुलाई दिनुपर्ने बताए । उनले सामाजिक व्यवहार सुधार ऐन र संक्रामक रोग ऐनलाई सदनमा पु¥याएर छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रिय सभा अन्र्तगतको समितिहरुको कामलाई निरन्तरता दिनुपर्ने र सिंगो राष्ट्रिय सभाको भुमिकालाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सभाको आठौं अधिवेशन शुरु भएसँगै समितिहरु क्रियाशिल हुन खोजेका छन् । राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रिय सभाको अधिवेशन छिट्टै अन्त्य हुने हो कि भन्ने आशंका पनि गरेका छन् ।