काठमाडौँ – भारतमा भएको एक दुर्घटनामा किया सेल्टोस् गाडी बीचबाट दुई टुक्रा भएको छ । कारको पछाडीको सिटमा बसेका तीन जनाको घटनास्थलमै निधन भएको छ भने चालकसहित अगाडी बसेका व्यक्तिहरु गम्भिर घाइते् भएका छन् ।
दुर्घटनामा गाडी दुईटुक्रा भएका तस्विर अहिले इन्टरनेटमा व्यापक भएका छन् । पछिल्लो समयमा एसयूभी गाडी सेग्मेन्टमा राम्रै चर्चा कमाएको यस गाडीको बनावटमाथि प्रश्नचिन्ह खडा भएको छ ।
दुर्घटना ११ जुनमा भारतको मध्यप्रदेशस्थित नागपुर सडक खण्डमा भएको हो । प्रारम्भिक विवरणअनुसार सडकमा मोटरसाइकल चालकलाई बचाउन खोज्दा उक्त दुर्घटना भएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यम इन्डिया टूडेमा प्रकाशित समाचार अनुसार सन् २०१९ को अगष्टमा भारतमा किया सेल्टोस् लञ्च गरिएको हो । अहिले भारतमा धेरै विक्री हुने गाडीको सूचीमा यो अग्रस्थानमा पर्दछ । दुर्घटनामा गाडी दुईटुक्रा भएसँगै यसको विक्रीमा असर पर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया