राजनीति

माधव नेपाल पक्षलाई असार २७ सम्म हस्ताक्षर फिर्ता गर्न समय छ : विशाल भट्टराई


काठमाडौँ – नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षधरलाई असार २७ गतेसम्मको लागि हस्ताक्षर फिर्ता लिनको लागि समय दिईएको बताउनुभएको छ । यसअघि एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले आज (सोमबार) साँझ ५ बजेसम्मको समय दिएर हस्ताक्षर फिर्ता लिन भनेको थियो ।

तर, नेपाल पक्षले भने पार्टीले दिएको समयसिमाभित्र हस्ताक्षर फिर्ता लिएको छैन् । नेपाल पक्षलाई हस्ताक्षर फिर्ताको लागि आफूहरुले असार २७ गतेसम्मको लागि पूनः समय दिएको भट्टराईले जानकारी दिनुभयो ।