समाचार

संविधानमाथि आक्रमण भएको भन्दै संयुक्त विद्यार्थी संगठनले गरे माइतीघरमा प्रदर्शन



काठमाडौँ – प्रतिनिधि सभा विघटनपछि विपक्षी गठबन्धनका पाँच विद्यार्थी सङ्गठनहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संयुक्त रूपमा प्रदर्शन गर्दै आएका छन् ।

सोमबार संविधानमाथि आक्रमण भएको भन्दै संयुक्त विद्यार्थी संगठनले माइतीघरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपालको संविधान पढ्न भन्दै लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरू प्रदर्शनमा संविधानसहित उपस्थित भएका थिए ।