समाचार

मनसुन सत्र सुरु हुँदा नै विधानसभामा कुटाकुट



काठमाडौँ – भारतको महाराष्ट्रको दुई दिने मनसुन सत्र सोमबार सुरु हुँदा नै विधानसभामा कुटाकुट भएको छ । यसअघि भाजपा सांसदहरुले निकाय चुनाबमा आरक्षण, विधानसभा अध्यक्षको चुनाब छिटो गर्नुपर्ने, एमपीएससी परीक्षाको लागि समिति गठन गर्नुपर्ने, मराठा आक्षण र किसानका विषयलाई लिएर प्रदर्शन गरेका थिए ।

विधानसभा भवनको सिढीमा बसेर भाजपा विधायकहरु नाराबाजी गरिरहे र करिब आधा घण्टा ढिलो गरेर भित्र पसे । भवनभित्र पसेपछि पनि भाजपा सांसदहरुको नाराबाजी जारी थियो । यही क्रममा उनीहरु कार्यकारी विधानसभा अध्यक्ष भास्कर जाधवको अगाडि सत्तापक्षका केही सांसदहरुसँग लड्न थाले । विवाद यतिसम्म बढ्यो कि मार्शल ९सुरक्षाकर्मी० बोलाइयो । यी विधायकले विधानसभा अध्यक्षसँग पनि धक्कामुक्की गरेको आरोप छ ।

बैठकमा यो विषयलाई लिएर अध्यक्ष जाधवले असन्तुष्टि जनाए र संसदीय कार्य मन्त्री अनिल परबले १२ जना भाजपा सांसदलाई निलम्बन गर्ने प्रस्ताव पेश गरे । यो प्रस्ताव बहुमतले पारित भयो र भाजपाका १२ जना विधायकलाई एक वर्षको लागि निलम्बित गरियो ।