काठमाडौँ – सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च परिसर र वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ सकिए लाग्दा सर्वोच्च परिसरमा सुरक्षा बढाइएको छ ।
सर्वोच्चमा बाहिर पनि सुरक्षाकर्मी अहिले तैनाथ गरिएको छ । अहिले एमिकसका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाश केसीले आफ्नो राय राखिरहेका छन् । उनको राय सकिनासाथ सम्भवतः इजलासले आधिकारिक जानकारी दिनेछ । गत असार ९ गतेदेखि यो मुद्दामा सुनुवाइ भइरहेको छ ।
यसपटक फैसला छिटो गर्नकै लागि बहसकर्तालाई समय पहिले नै निर्धारण गरिएको थियो । उनीहरुले बहसनोट पनि पहिल्यै बुझाइसकेका छन्।
प्रतिक्रिया