समाचार

क्षयरोग भएका ४० प्रतिशतलाई कोरोना संक्रमण


काठमाडौँ – क्षयरोग केन्द्रले नेपालमा गरेको एक अध्ययनमा ४० प्रतिशत क्षयरोगका बिरामीलाई कोरोना संक्रमण भएको देखिएको छ ।

छातिरोग विशेषज्ञ डा.नविन प्रसाद शाहले क्षयरोग देखिएका व्यक्तिमा संक्रमण देखिए छिटै निमोनियाको समस्या देखिने हुदा समयमा नै सजगता अपनाउन आग्रह गर्नुभएको छ ।

क्षयरोग र कोरोना संक्रमणको लक्षण उस्तै हुने र दुवै रोगले फोक्सोमा नै असर गर्ने हुँदा बढी सचेत हुनु पर्ने डा। शाहको भनाइ छ ।

नेपालमा वार्षिक करिव ७९ हजार व्यक्तिमा क्षयरोग देखिने गरेको तथ्याक रहेको छ । ति मध्ये २७ हजार व्यक्ति मात्र उपचारको दायरामा आउने गरेको पनि केन्द्रले जनाएको छ ।